समाचार

ए डिभिजन लिग आज शनिबारबाट शुरु



असोज  १३,  काठमाडौँ ।  शहीद स्मारक ए डिभिजन लिग शनिबार आजदेखि शुरु हुने भएको छ ।

शुरु हुन लागेको लिगमा ए डिभिजनका १४ क्लबले करीब तीन महीना प्रतिस्पर्धा गर्नेछन् । उक्त  प्रतियोगिता आगामी माघ १६ गतेसम्म चल्नेछ ।

प्रतियोगिताको उद्घाटन खेलमा शनिबार दिउँसो त्रिभुवन आर्मी क्लब र न्यूरो टिम (एनआरटी)बीच प्रतिस्पर्धा हुनेछ ।