असोज १३, एजेन्सी । इराकी मोडेल तथा इन्स्टाग्राम स्टार तारा फारिसको इराकको बगदादमा गोली हानी हत्या भएको छ ।
२२ वर्षकी इराकी मोडेल तथा इन्स्टाग्राम स्टारलाई गाडीमै रहेको बेला मोटरसाइकलमा आएका नचिनेका मान्छेहरुले गोली हानी हत्या गरेको बताइएको छ । गएको बिहीबार उनको गोली हानी हत्या भएको इराकी सुरक्षा अधिकारीहरुले जनाएका छन् ।
इराकका प्रधानमन्त्री हैदर अल अवादीले घटनाको छानबिन गर्न निर्देशन दिएका छन् । बगदादकी पूर्व मिस बगदाद र फस्ट रनर अफ इराकको टाइटल समेत जितेकी फारिसलाई बगदादमै गोली हानी हत्या गरिएको त्यहाँको आन्तरिक मन्त्रालयले जनाएको छ ।
२२ वर्षकी फारिस इसाइ धर्म मान्दथिन् । उनका बुवा इराकी थिए भने उनकी आमा लेबनानी रहेकी थिइन् ।
प्रतिक्रिया दिनुहोस्