असोज १३, काठमाडौं । आज विश्व मुटु दिवस ‘मेरो मुटु, तिम्रो मुटु’ भन्ने मुल नाराका साथ देशभर विभिन्न कार्यक्रम गरेर मुटु दिवस मनाइँदै छ ।
विश्वमा एक वर्षमा दुई अर्ब मानिसहरुको मुटु रोग वा हृदयघातका कारण ज्यान गएको छ । मुटु रोगबाट बच्न र बचाउन के गर्ने तल हेर्नुहोस :
लक्षण
- छातीको बीच भागमा दुख्ने, गह्रौ बस्तुले थिचे जस्तो हुने
- छातीको दुखाई बायाँ हाततिर सर्नु
- पेटको बीचमा अत्याधीक दुखाई हुनु
- चिटचिट पसिना आउनु
- वाकवाकी लाग्नु तथा बान्ता हुनु
- डर लाग्नु तथा मुटुको धड्कन बढेको महसुस हुनु
- विशेष गरी मधुमेहका रोगी तथा वृद्धाहरुलाई अचानक असहज तथा स्वाँ–स्वाँ हुनु
- वृद्धाले अचानक बेसुरको कुरा गर्न थाल्नु र रिंगटा लाग्नु
- थोरै गतिविधि गर्दा पनि असहज र थकाई लाग्नु
बच्ने उपाय
- चुरोट र रक्सी–जाँडको सेवन पूर्णरुपमा बन्द गर्ने
- कोलेष्टेरोल नियन्त्रण गर्ने
- रक्तचापलाई नियन्त्रणमा राख्ने
- मधुमेहको उचित उपचार
- तौललाई नियन्त्रणमा राख्ने
- स्वस्थ आहाराको सेवन (फलफूल, सागसब्जी बढी मात्रामा सेवन गर्ने)
- मानसिक तनाव र रिस कम गर्ने
- प्रदुषणबाट बच्ने
- दैनिक आधा घण्टा हिड्डुल गर्ने
प्रतिक्रिया दिनुहोस्