बाँके जिल्लाको कोहलपुर नगरपालिकाका नातिनी र भतिजी बलात्कारका दुबै अभियुक्त पुर्पक्षका लागि थुनामा परेका छन् । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छापिएको छ ।
जिल्ला अदालत बाँकेले अभियुक्तलाई पुर्पक्षका लागि जिल्ला कारागार बाँकेमा थुनामा राख्ने आदेश दिएको हो। बिहीबार सम्पन्न थुनछेक बहसपछि जिल्ला न्यायाधीश अनिलकुमार शर्माले नातिनी बलात्कारको अभियोगमा ७५ वर्षीय तरकारी बाजेलाई थुनामा राख्न आदेश दिएको अदालतका तहसिलदार शाखा अधिकृत नारायण सापकोटाले जानकारी दिए ।
‘तत्काल प्राप्त प्रमाणले निर्दोष हुन् भन्ने नदेखिएकाले पछि बुझ्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई कारगार पठाइदिनु’, आदेशमा उल्लेख गरिएको छ। उनलाई आगामी असोज २१ गते जिल्ला अदालतमा हाजिर हुन पनि आदेशमा भनिएको छ ।










प्रतिक्रिया दिनुहोस्