असोज १४, काठमाडौं । मालपोत कार्यालय चावहिलका प्रमुख मालपोत अधिकृत कमलप्रसाद तिमल्सिना पक्राउ परेका छन् ।
बुढानिलकण्ठस्थित चन्दन कृष्ण कायस्थको स्वामित्वमा रहेको करोडौंको जग्गा किर्ते कागजात बनाएर बिक्री गरेको अभियोगमा तिमल्सिनालाई नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा प्रमुख मालपोत अधिकृत तिमल्सिनासहित नायव सुब्बा चन्द्रबहादुर श्रेष्ठ र चावहिल मालपोतका दुई कार्यालय सहयोगी पनि पक्राउ परेका छन् । २०६५ सालमा नक्सालका चन्दन कृष्ण कायस्थले खरिद गरेको बुढानिलकण्ठको जग्गा चन्दनले थाहै नपाई नक्कली चन्दनहरुले ६ करोडमा मालपोत कार्यालय चावहिलका कर्मचारीसँग मिलेर बिक्री गरेका थिए ।
‘जग्गा खरिद गर्नेहरुको बयानको आधारमा मालपोत कार्यालय चावहिलका कुल ८ जना कर्मचारी पक्राउ परिसकेका छन्’ डिएसपी सुनिल मल्लले भने, ‘पक्राउ परेकाहरुमाथि लिखत चथा संगठित अपराध मुद्धामा अनुसन्धान भइरहेको छ ।’
बुढानिलकण्ठस्थित पार्क भिलेज रिसोर्ट पछाडि रहेको उक्त साढे दुई रोपनी जग्गाको हालको बजार मुल्य करिब १० करोड पर्ने बताईएको छ ।










प्रतिक्रिया दिनुहोस्