असोज १४, रुकुम पश्चिम । रुकुम पश्चिमको ठूली भेरी नदीमा एक महिलाको शव फेला परेको छ ।
दुवै हात ग्याविङ तारले बाधेको र अर्ध नग्न अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।
शव सड्ने अवस्थामा पुगिसकेकाले महिलाको केही दिनअघि नै मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । शव जिल्ला अस्पताल रुकुम पश्चिममा राखिएको छ । शवको पहिचान नहुँदा पोष्र्टमार्टम गर्न समेत समस्या भएको बताइएको छ ।










प्रतिक्रिया दिनुहोस्