असोज १४, बहराइन । तामाङ सेवा सामाज बहराइनले आफ्नो १० औं वार्षिक उत्सव हर्षोल्लासका साथ सम्पन्न गरेको छ ।
२८ सेप्टेम्बर २०१८ शुक्रबारका दिन बहराईन राष्ट्रको राजधानी मनामा अवस्थित ओरेन्टल प्यालेस होटलको रंगमंचमा भब्यताको साथ मनाएको छ ।
प्रवास भुमिमा व्यास्तताको बिनापर्वाह आफ्नु भाषा, धर्म,लिपि,संस्कार संस्कृति तथा भेषभुषा र पहिचानको संरक्षण सम्बर्द्धनका साथै बहराइनमा स्थापित संघसंगठनहरुका बिच सामाजिक सहकार्य गर्न सन-२००९ सालमा स्थापित तामाङ सेवा समाज बहराइनमा आवद्ध तामाङ समुदायको उल्लासमय उपस्थिति रहेको थियो ।
संस्थाका महासचिव च्याङ्वा लामा तामाङ द्वारा संचालित उक्त औपचारिक कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष श्री सोनम दोङ् तामाङ् ज्यु द्वारा भएको थियो । बहराईनका लागी का. बा.राजदुत महामहिम श्री खगराज पान्डे ज्युको प्रमुख आतिथ्य रहेको कार्यक्रममा बिशेष अतिथिको रुपमा क्रमसस् नेपाली राजदुताबास बहराईनका तृतीय सचीव श्री अमृत लोप्चन तामाङ ज्यु एवं दुतावास परिवार, नेपालि क्लब बहराईनका अध्यक्ष श्री कमल श्रेष्ठ, एन. आर. एन . ए. बहराईनका उपाअध्यक्ष श्री नारायण उप्रेती,नेपाल आदिबासी जनजाति महासंघ बहराईनका अध्यक्ष श्री ज्ञानेन्द्र तमु, बरिस्ठ समाजसेवी श्री गम बहादुर गुरुङ, साथै समाजसेवी श्रीमती लक्ष्मी गिरि ज्यु रहनु भएको थियो ।
अतिथिको रुपमा आमन्त्रण गरिएका बैचारिक, जातीय, क्षेत्रीय सामाजिक संघ(संस्था लगायत पत्रकार, कलाकार, ब्यावसायी तथा समाजसेविहरुको उल्लेखनीय उपस्थिति रहेको थियो कार्यक्रमका सभापति, प्रमुख अतिथि एवं बिशेस अतिथिज्यु हरुको हस्तबाहुलीबाट संयुक्तरुपमा छ्युमिमा दिप प्रज्वलन गरि उद्घाटन गर्दै १०औं बर्षमा संस्था प्रवेश गरेको खुशियालिमा केक काटी हर्शोउल्लाका साथ १० औं बर्षमा प्रवेश गरिएको थियो ।
संस्थाका उपाध्यक्ष पेमा लामा द्वारा उपस्थित जनसमुदायलाई स्वागत मन्तब्य राख्नु भएको थियो भने मन्तब्य राख्ने क्रममा क्लबका अध्यक्ष कमल श्रेष्ठ ज्यु , बरिष्ठ समाजसेवी गम बहादुर गुरुङ ज्यु, नेफिन बहराइनका अध्यक्ष ज्ञानेन्द्र तमु द्वारा एन।आर।एन।ए का उपाअध्क्षय नारायण उप्रेति ज्युले शुभकामना मन्तव्य राख्नु भएको थियो । प्रमुख अतिथि का बा राजदुत महामहिम श्री खगराज पान्डे ज्यु ले संस्थाको स्थापना कालदेखि अहिले सम्मको सामाजिक मानवीय सेवा तथा नीति- नियम, कार्ययोजना प्रति खुलेर प्रसंसा गर्नु हुदै शुभकामना प्रकट गर्नुभएको थियो ।
प्रथम चरण कार्यक्रमको समापन भएको घोसणा गर्नुहुदै अघ्यक्ष सोनम दोङ्ग तामाङ ज्यु ले स्थापना काल देखि १०औं बर्षमा प्रवेश अबधि सम्मको तामाङ सेवा समाज बहराइनको गतिविधि र संस्थाले गरेको कार्य प्रगति विवरण प्रस्तुत गर्नुहुदै बहराईनमा आफ्नु व्यस्त समयको बाबजुत उपस्थिति जनाउनु भई १०औं वार्षिकोत्सब कार्यक्रमलाई भब्य र सभ्य रुपमा सम्पन्न गर्न आर्थिक, भौतिक, र नैतिक रुपमा सहयोग गर्नु हुने राजदूताबास परिवार, सामाजिक संघ संस्था, स्थानीय कलाकार, बैचारिक, जातीय, क्षेत्रीय सामाजिक संघ सस्थां, पत्रकार मित्रहरु हिमाल पोस्ट बाट कृष्ण हमाल ज्यु , फोटो पत्रकार कृष्ण गुरुङ लगायत सुवत तामाङ ज्यु सम्पुर्ण समाजसेवी, ब्यावसायीहरुलाई बिशेस आभार ब्याक्त गर्नुभएको थियो ।
त्यसै गरि सांस्कृतिक कार्यक्रममा चर्चित गायक गायिका द्वय कुमार लामा योन्जन र टीका थोकर गुरुङ ज्यु का साथै तामाङ समाजका पासाङ मोक्तानले उत्कृष्ट प्रस्तुति पस्कदै सबैको मन जित्न सफल भएका थिए भने अन्तर्राष्ट्रिय कलाकार मंच बहराईनको तर्फबाट गायक जित भटाराई र चन्द्र सानु लिम्बुले ज्युले गितहरु गाउनु भयको थियो ।










प्रतिक्रिया दिनुहोस्