राजनीति

सुनारको हत्यारालाई सर्वश्व सहित जन्मकैद गराएरै छोड्छु : सभापति पाल



असोज १४, पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशालि युवा नेतृ, युबा संघ नेपालका पूर्व अध्यक्ष एव प्रतिनिधि सभा महिला बालबालिका तथा सामाजिक समितिको सभापति निरुदेबी पालले श्रेया सुनारको हत्यारालाई कानुनको कठाघरामा ल्याई सर्वस्व सहित जन्मकैद गराएरै छाड्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।

काठमाडौंबाट आज कास्कीको पुम्दिभुम्दिमा बलात्कार पछि निर्मम हत्या गरिएकी ९ बर्षिय बालिका सुनारको परिवारलार्इ भेट्न गर्न उनकै घरमा पुगी सभापति पालले अपराधीक मानसिकतालाइ निर्मुल पार्दै महिला तथा बालिकाको अस्मिता माथि खेलवाड गर्दै हत्या गर्ने जोकोहीलाई कडा भन्दा कडा कारवाही हुने बताउनुभएको छ ।

युवा संघ नेपालको सहइन्चार्ज समेत रहनुभएकी पालले सम्पूर्ण युवा संघ परिवारसँगै रहेको र आफुले राज्यको तर्फबाट गर्न सक्ने सहयोगको लागी कुनै कसर बाँकी नराख्ने अठोटका साथ शोक सन्तप्त परिवारजन प्रति हार्दिक समबेदना व्यक्त गर्नुभएको छ ।

उक्त क्रममा युवा संघका निबर्तमान अध्यक्ष एव गण्डकी प्रदेशका संसाद राजिव पहारी सुनार प्रति भावपुर्ण श्रद्दान्जली अर्पण गर्दै जिल्लाका सम्पूर्ण सुरक्षा निकायलाइ बैठक राखी यस्ता घटना निरुत्साहित गर्न र सुरक्षा समितिलाइ निर्देशन दिने बताउनुभयो ।