राजनीति

काङ्ग्रेस गुट कारण कमजोर, सवै तह एकढिक्का हुनुपर्छ : उपसभापति निधि



असोज १४, दाङ । नेपाली काङ्ग्रेसका उपसभापति विमलेन्द्र निधिले पार्टीमा गुट उपगुटका कारण पार्टी कमजोर भएकाले सवै तहका कमिटीहरु एक ढिक्का भई अघि वढ्नुपर्ने बताउनुभएको छ ।

शुक्रबारदेखि शुरु भएको काङ्ग्रेस प्रदेश नं ५ प्रदेशस्तरीय विधान संशोधन भेलाको समापन गर्दै उहाँले विभिन्न कारणले पार्टीले चुनावमा हार व्यहोर्नु परेको उल्लेख गर्दै काङ्ग्रेसलाई पहिलो पार्टी बनाउन आफूहरु लागेको बताउनुभयो ।

पार्टीलाई आधुनिक राजनीतिक प्रणालीमा लैजान विधान संशोधन अनिवार्य भएको उल्लेख गर्नुभएको छ । उहाँले सङ्घीय संरचना, धर्मनिरपेक्षता, लोकतन्त्र, समाजवाद, अहिंसाजस्ता पार्टीको मुद्दालाई सार्थक रूपमा अगाडि बढाउनकै लागि विधान संशोधन आवश्यक भएको औंल्याउनुभयो ।