असोज १५, काठमाडौँ । प्रधानमन्त्री केपी ओलीले छोरो छोरीले कमाएको निश्चित प्रतिशत बुबा आमालाई छुट्याउनुपर्ने कानुनी व्यवस्था गरिने बताउनुभएकोछ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले २८औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सम्पूर्ण नेपाली ज्येष्ठ नागरिकप्रति शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले ओलीले प्रधानमन्त्रीले बाबुआमाबाट सन्तानले अंश दाबी गर्ने तर वृद्ध अवस्थामा बाबुआमाको उपेक्षा गर्ने प्रवृत्तिको अन्त्य गर्न सरकार कटिबद्ध भएको उल्लेख गर्नुभएको छ । वृद्ध बाबुआमाको रेखदेख पारिवारिक वातावरणमा हुन सकेको खण्डमा फरक पुस्ताबीचको अन्तरक्रिया बढ्ने उल्लेख गर्नुभएको छ । उहाँले भन्नु भएको छ “अग्रजका अनुभवबाट छोरानाति पुस्ताले पनि शिक्षा ग्रहण गर्न सक्दछन् । त्यसैले ज्येष्ठ नागरिक समाजका मार्गदर्शक हुन् भन्ने कुरा हामीले कहिल्यै भुल्नु हुँदैन ।”
ज्येष्ठ नागरिक अनुभवका खानी रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले जीवनका विभिन्न उकाली–ओराली पार गर्दै असीम ज्ञान, सीप र अनुभव सङ्गालेका देशका आदरणीय बुबाआमाको कदर र सम्मान गर्न नसक्ने समाज सभ्य कहलिन नसक्ने उल्लेख गर्नुभएको छ । त्यस्तै उहाँले ज्येष्ठ नागरिकको हकहित संरक्षण र सम्वद्र्धनका लागि सरकारको प्रतिबद्ध रहेको उल्लेख गर्नुभएको छ ।
प्रधानमन्त्री ओलीले ज्येष्ठ नागरिकको दैनिकीलाई सहज बनाउन ज्येष्ठ नागरिक भत्ताका अतिरिक्त सरकारले यसै आर्थिक वर्षदेखि ज्येष्ठ नागरिक बीमा कार्यक्रम पनि सञ्चालन गरेको प्रधानमन्त्रीले उल्लेख गर्नुभएको छ ।
संयुक्त राष्ट्र सङ्घको आह्वानमा यस वर्ष ज्येष्ठ नागरिक अधिकार अभियन्ताको अभिनन्दन गरौँ भन्ने मूल नाराका साथ आज ज्येष्ठ नागरिक दिवस मनाइँदैछ ।










प्रतिक्रिया दिनुहोस्