बलिउडका दिग्गज अभिनेता एवम् निर्देशक राज कपूरकी श्रीमती कृष्णाराज कपूरको सोमबार निधन भएको छ ।
सोमबार बिहान ५ बजे निधन भएको खबरले बलिउड अहिले शोकमा डुबेको छ । अभिनेत्री रविना टण्डनले ट्वीटरमार्फत कपूरको निधनको खबर दिएकी थिइन् ।
छोरा रणधिर कपूरले आमा कृष्णाको ‘कार्डियक अरेस्टका कारण निधन भएको र आफूलगायत सम्पूर्ण परिवार शोकमा डुबेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्