असोज १५, एजेन्सी । मालदिभ्सका पूर्व राष्ट्रपति मौमुन अब्दुल गयूमलाई धरौटीमा रिहा गर्न आइतबार अदालतले आदेश दिएको छ ।
मालदिभ्सको इतिहासमा सबैभन्दा लामो समय नेतृत्वमा रहेका गयूमलाई उनका सौतेला भाई राष्ट्रपतिको निर्वाचनमा पराजित भएको एक हप्तापछि धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
उनीहरूलाई विवादास्पद केही मुद्दामा जेल पठाएपछि त्यसउपर गरिएको पछिल्लो पुनरावेदनका आधारमा सुनुवाई भई जेलमुक्त गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्