असोज १५, काठमाडौँ । आईसीसी टि–२० विश्वकप छनोट प्रतियोगितामा समूहको विजेता बन्दै दोस्रो चरणमा स्थान बनाउने लक्ष्य नेपालले लिएको छ ।
राष्ट्रिय टिमका कप्तान खड्कको अनुसार एसिया उपक्षेत्रीय छनोट प्रतियोगिता खेल्नका लागि मलेसिया जानु अघि उपक्षेत्रीय च्याम्पियन बन्ने लक्ष्य रहेको बताएको छ ।
‘करिव २–३ वर्षपछि टि–२० मा फर्किँदैछौं,’ कप्तान खड्काले भने । ‘यो पहिलो चरणको प्रतियोगिता हो । राम्रो क्रिकेट खेल्नैपर्छ । ओडीआई राष्ट्र भएपछि जिम्मेवारी र समर्थकको अपेक्षा पनि पनि धेरै छ ।’ ‘यो राउण्डमा त्यती गाह्रो नहोला । तर पनि हाम्रो लक्ष्य भनेको समूहको विजेता भएर दोस्रो चरणमा जाने हो,’ कप्तान खड्काले भने ।
प्रतियोगितामा सहभागि अन्य टिमभन्दा नेपालको स्तर माथि छ । प्रतियोगितामा नेपालसँगै मलेसिया, भुटान, सिंगापुर, चीन, म्यानमार, थाइल्याण्ड छन् ।










प्रतिक्रिया दिनुहोस्