Banner News

जितिया पर्वको अवसरमा राष्ट्रपति भण्डारीद्वारा शुभकामना



असोज १६, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले जितिया पर्वका अवसरमा शुभकामना दिनुहुँदै बहुजाती, बहुभाषा, बहुसंस्कृति आदिले विविधतायुक्त हाम्रो मुलुकमा मनाइने विभिन्न चाडपर्वले आफ्नै मूल्य र मान्यतासहित संस्कृति, कला, वेषभूषा, गीत सङ्गीतलाई संरक्षण गर्ने कुरा नै हाम्रो मौलिकता बनेको बताउनुभएको छ  ।

राष्ट्रपति भण्डारीले नेपाली महिलाले पारिवारिक सुख, खुशियाली र सन्तानको दीर्घजीवनको कामना गर्दै मनाइने सांस्कृतिक यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनीमा सुख, शान्ति एवं समृद्धि कायम होस् भनी हार्दिक शुभकामना व्यक्त गर्नुभएको छ ।

जितिया पर्वमा मध्यतराईका महिलाले विशेष रुपमा मनाउने यो पर्वको विधिवत सुरुवात भने हिजोदेखि भैसकेको छ ।  जितिया पर्वको मुख्य दिन आज निराहार व्रत बसेर भोलि विधिवत रुपमा पर्वको समापन गरिनेछ ।

परिवारको सुख, शान्ति र दीर्घायुको कामना गर्दै आपसी प्रेम साटासाट गरेर जितिया मनाइन्छ । जितियामा निराहार व्रत बसेका महिलाले जलाशयमा नुहाएर माटोको प्रतिमामा पूजा गर्दछन् ।