राजनीति

कञ्चनपुर बन्द : प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भन्दै अधिकारकर्मी समेत सामेल



असोज १६, कञ्चनपुर । निर्मला पन्तको न्यायको माग गर्दै नेपाल विद्यार्थी संघ कञ्चनपुरले कञ्चनपुर बन्द गरेको छ ।

बलात्कारपछि हत्याभएको ६७ दिनसम्म पनि दोषि पत्ता नलागेको भन्दै नेवि संघले मंगलबार कञ्चनपुर बन्द गरेको हो । बन्दका कारण बिहानैबाट सवारीका सवारीका साधन चलेका छैनन् भने शैक्षिक संस्थाहरु पनि सोमबारबाटै बन्द रहेका छन् ।

सरकारले हत्यारा पत्ता लगाउनुको साटो संरक्षण गरेको भन्दै त्यसको विरोध भइरहेको छ । बन्दका कारण भारतमा मजदूरी गरी दशै तिहारका लागि घर फर्किदै गरेका मजदूर मर्कामा परेका छन् ।

सरकारले छानबिन समितिको प्रतिवेदन सार्वजनिक नगरेको भन्दै महिला अधिकारकर्मी समेत आन्दोलनमा उत्रिएका छन् । उनीहरुले प्रतिवेदन सार्वजनिक नभएसम्म आफूहरुको विरोध तथा दबाबमूलक आन्दोलन जारी रहने बताएका छन् ।