असोज १७, सुर्खेत । सुर्खेत नगरपालिका–१२ का ५० वर्षीय पदम बस्नेतको चलिरहेको बसबाट खसेर उपचारको क्रममा मृत्यु भएको छ ।
सुर्खेतदेखि नेपालगञ्ज जाँदै गरेको ना४ख ७०२४ नं. को बसको ढोकामा झुण्डिएर यात्रा गरिरहेको र सोही दिशाबाट आएको लु १ ख ४६०२ नं को ट्रकले उछिन्ने क्रममा उनी ढोकाबाट खसेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
बसको ढोकाबाट खसेका बस्नेतको टाउकोमा चोट लागेको र उपचारका लागि क्षेत्रीय अस्पताल सुर्खेतमा लगिएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि नेपालगञ्ज लैजाने क्रममा बाटोमा मृत्यु भएको प्रहरी ले जनाएको छ
बस तथा ट्रक चालक दुबैलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्