स्वास्थ्य

पतंजलि आयुर्वेद तथा योग विश्वविद्यालय नेपालमा



असोज १७, काठमाडौं ।  पतंजलि योगपिठ नेपालले नेपालमा आयुर्वेद तथा योगसम्बन्धी विश्वविद्यालय स्थापना गर्ने भएको छ ।

बुधबार मण्डिखाटारको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी नेपालमा आयुर्वेद तथा योगसम्बन्धी अध्ययन, अनुसन्धानका लागि विश्वविद्यालय स्थापना गर्नका लागि सम्बन्धित मन्त्रालयसँग छलफल भएको छ ।

योगगुरु रामेदवको स्वामित्व रहेको पतंजलि योगपिठको नेपालमा कम्पनी आचार्य बालकृष्णको नेतृत्वमा सञ्चालित छ । अध्यक्ष बालकृष्णले पतंजलि योगपिठको आयुर्वेदका उत्पादनहरु गुणस्तरहिन रहेको स्विकार गर्दै त्यसमा सुधार ल्याउने प्रतिवद्धता पनि व्यक्त गरेका छन ।

अध्यक्ष बालकृष्णले नेपालमा जडिबुटीको खेती गरेर नेपालीलाई नै रोजगारीको अवसर सृजना गर्न आफूहरु केन्द्रित रहेको बताए ।