सम्पादकीय

सर्वोच्चका कर्मचारी आन्दोलित, मापदण्डविपरीत सरुवा गरिएको आरोप



मापदण्डविपरीत हचुवाको भरमा सरुवा गरिएको भन्दैै सर्वोच्च अदालतका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । सर्वोच्चले आफैँले बनाएको मापदण्ड उल्लंघन गरेको कर्मचारीको आरोप छ । आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

सर्वोच्च अदालत प्रशासनले गत सोमबार २ सय ५२ नासु, ११ कम्प्यूटर अपरेटर, ९९ डिट्ठा, ४४ तामेलदारसहित ४ सय १८ जना कर्मचारी सरुवा गरेको थियो ।

कर्मचारी सरुवासम्बन्धी मापदण्डमा अनुभबका आधारमा विभिन्न तहका अदालतमा सरुवा गर्ने र ऐन नियम विपरीत नहुने गरी महिला, अशक्त, अपागं र दलित कर्मचारीलाई सकभर दरबन्दी र सम्भव भएसम्म निजहरुले माग गरेको अदालतमा सरुवा गर्नुपर्ने प्रावधान राखिएको छ ।