असोज १८, काठमाडौं । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका वडा नं. ९ स्थायी ठेगाना भएका ब्लड क्यान्सर पिडित बालक साइरस श्रेष्ठलाई देश तथा विदेशबाट आर्थिक सहयोग भएको छ ।
चौतारा साँगाचोकगढी ९ सुटुके निकासी नारायण श्रेष्ठ तथा शुसिला श्रेष्ठको पाँच वर्षिया छोरा श्रेष्ठलाई रु ८५ हजार पाँच सय एक रुपैया सहयोग भएको छ । उक्त रकम पिडित बालकको माइजु किशोरी श्रेष्ठलाई युवा समाजसेवी उमेश केसीले हस्तान्तरण गर्नुभएको हो ।
पिडित बालक श्रेष्ठको हाल कलकत्ताको टाटा मेमोरीयल अस्पताल भारतमा उपचार भइरहेको छ । श्रेष्ठलाई उपचार गर्न करिव ४० लाख लाग्ने अस्पताल स्रोतले जनाएको समाजसेवी केसीले जानकारी दिनुभयो । श्रेष्ठको उपचार बापत हाल करिव ८ लाख भएको केसीले बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्