समाचार

यौनिक तथा लैङ्गिक पहिचान र शक्ति : महिला सशक्तिकरण राज्यको मेरुदण्ड



असोज १८, काठमाडौँ । संघियताको कार्यान्वयनको लागि यौनिक तथा लैङ्गिक पहिचान र शक्ति सन्तुलनको निम्ती महिला सशक्तिकरण राज्यको मेरुदण्ड भएको बताइएको छ ।

मितिनी नेपालको युवा महिला नेता समुहको आयोजनामा यहाँ आज ‘पितृसत्ता, लैङ्गिक पहिचान र शक्ति’ बिषयमा अन्तरक्रिया कार्यक्रममा नेपालको ठूलो ठूलो परिवर्तनको लागि महिलाले खेलेको भूमिकाको चर्चा गर्दै नेपालको पितृसत्तात्मक सोचंलाई परिवर्तनमा जोड दिइएको छ ।

कार्यक्रममा लैगिक समानता तथा विकासविद शरु जोशीले नेपालको संविधानले लिङ्गको आधारमा कुनै पनि विभेद गर्न नपाईने साथै महिला तथा पुरुषबीच समानता कायम गरेको बताउनुभयो । राज्यले महिला, पुरुष र यौनिक अल्पसख्ंयक बिचको समानताको कायम गरे पनि त्यसलाइ ब्यवहारमा उर्तान अभ्यास गर्दै आवश्यक कानुनी सुधार पनि गर्दै जानु पर्ने बताउनुभयो ।

पछिल्लो समय औपचारीक समानता कायम गर्न, राज्यको मुख्य नेतृत्वमा महिलाको सहभागिता सुनिश्चत गर्न उल्लेखिनीय काम भएताका छन र अबको प्राथमिकता परीणममा समानता ल्याउनु पर्ने हो भन्नु भयो । समाज परीवर्तनका लागि अघि बलियोसगं बढे पनि पुरुष र पितृसत्तात्मक सोंच र प्रवृति अचम्मसगं बढेको भन्दै बलात्कार, एसीड आक्रमण, साइबर क्राइम बढेको उदाहरण दिनु भयो । अबको आवश्यक्ता सोचं परीवर्तन पुरुष, महिला यौनिक अल्पसख्ंयक, धर्मगुरु, खेलाडि, कलाकार, युवाको सहकार्यमा देशभर व्यापक रुपमा जनचेतनामूलक कार्यक्रमहरु गर्नुपर्ने बताउदै सबै सहभागिलाइ मुलुक परीवर्तनका लागि आ आफ्नो ठाउंबाट नेतृत्व लिन आव्हान गर्नु भयो ।

कार्यक्रममा मितिनी नेपालको अध्यक्ष लक्ष्मी घलानले मानव मानव विचको समानतालाई कायम गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले विश्वको अघिकाशं देशमा युवाको नेतृत्व रहेको जसका कारण मुलुक विकसित र परिस्कृत भएको बताउँदै नेपालको आर्थिक, समाजिक, सांस्कृतिक, धार्मिक तथा पर्यटकिय विकासका लागि युवामैत्री नेतृत्व निर्माण गर्नुको कुनै विकल्प नभएको दावि गर्नुभयो ।

कार्यक्रममा १५ जना युवा महिलाको सहभागिता रहेको थियो । जसमा ३ जना यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको सहभागिता रहेको थियो ।