असोज १८, रसुवा । रसुवामा विद्युत महसुल नतिर्ने ४२ ग्राहक कालो सूचीमा परेका छन् ।
कालो सूची पर्नेमा २ सय ६५ रुपयाँदेखि ६८ हजार ९ सय ३२ रुपयाँ नतिर्नेसम्म रहेका छन भने ४२ ग्राहकबाट २ लाख २० हजार १ सय ५७ रुपयाँ उठाउनुपर्नेछ ।
यो आर्थिक वर्षमा २७ ग्राहकको लाइन काटिएको केन्द्रले जनाएको छ । प्राधिकरणले अब ७४ लाख ८१ हजार उठाउन बाँकी छ । दुई महिनासम्म विद्युत महसुल नतिर्ने ग्राहकको अस्थायी रूपमा लाइन काटिने गरेको छ । लाइन काटिएको ६ महिनासम्म पनि महसुल नबुझाएमा ग्राहकलाई कालो सूचीमा राख्ने गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्