समाचार

दसैँको खसी घरमै बसी बसी योजना : मोबाइल किन्दा खसी उपहार



असोज १८, काठमाडौं । असोज १६ गतेदेखि लागू भएको मोबाइल एप रिचार्जरले दसैँमा मोबाइल किन्दा खसी उपहार दिने भएको छ ।

रिचार्जरको एपमार्फत मोबाइल खरिद गर्ने ग्राहकले खसी उपहार पाउने रिचार्जरले जनाएको छ।

यो योजनामा सहभागी हुनका लागि असोज १६ गते मंगलबारदेखि २९ गते सोमबार दिउँसो १२ बजेसम्ममा रिचार्जरको एपमार्फत मोबाइल खरिद गर्नुपर्नेछ । खसी विजेताको घोषणा असोज २९ गते सोमबार मोबाइल एप रिचार्जरको आधिकारिक फेसबुक पेजमार्फत लाइभ घोषणा गरिने छ ।

रिचार्जर एप मार्फत जुनसुकै सामान अर्डर गर्दा काठमाडौं उपत्यकाको चक्रपथभित्र तीन घण्टाभित्र डेलिभरी गर्ने रिचार्जरले बताएको छ ।