समाचार

समय थप गरेकै दिन दुर्घटना भएपछि टिपर सञ्चालनको निर्णय फिर्ता



असोज १८, काठमाडौँ । काठमाडौं उपत्यका भित्रको रिङरोडमा टिपर सञ्चालनका लागि बढाइएको समयावधी फिर्ता लिइएको छ ।

बुधबार काठमाडौँका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य र  महानगरीय ट्राफिक महाशाखा प्रमुख बसन्त कुमार पन्तले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म टिपर चलाउन दिने निर्णय गरेका थिए ।

बुधबार नै भक्तपुरको पाण्डुबजारमा तीब्र गतिमा आएको टिपरले ठक्कर दिँदा एक मोटरसाइकल चालकको मृत्यु भएसँगै उक्त निर्णय फिर्ता भएको छ । ट्राफिक प्रहरी महाशाखाले नयाँ निर्णय फिर्ता भएको भन्दै गत साउन १ गतेकै निर्णय अनुसार ट्रिपर सञ्चालन हुने जानकारी दिएको छ ।

 साउन १ गतेको निर्णय अनुसार काठमाडौँ उपत्यकामा साँझ ८ बजेदेखि बिहान ५ बजेसम्म मात्र टिपर सञ्चालन गर्न पाइन्छ ।