Banner News

प्रधानमन्त्री ओली अमेरिकाको १३ दिने भ्रमण सकेर स्वदेश फिर्ता



असोज १८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको १३ दिने औपचारिक भ्रमण सकेर स्वदेश फर्कका छन ।

प्रधानमन्त्री ओलीलाई बिहीबार अपरान्ह कार्यबाहक प्रधानमन्त्री इश्वर पोखरेल त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

त्यसैगरी प्रधानमन्त्रीलाई स्वागत गर्न राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिना, गृहमन्त्री रामबहादुर थापा, मन्त्रीहरू मातृका यादव, रवीन्द्र अधिकारी, थममाया थापा लगायत विमानस्थल पुगेका छन ।

न्यूर्योकमा आयोजित संयुक्त राष्ट्रसंघको ७३ औं महासभामा भाग लिन प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको टोलीसहित असोज ६ गते अमेरिका प्रस्थान गरेका थिए ।

भ्रमणमा प्रधानमन्त्री ओलीसँग पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली, प्रमुख सल्लाहकार विष्णु रिमाल, पराष्ट्र सचिव शङ्करदास वैरागी तथा सरकारका अन्य वरिष्ठ अधिकारी रहेका थिए  ।