शैक्षिक

कक्षा ११ को नतिजा दसैंअघि



असोज  १८, काठमााडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक तह कक्षा ११ को वार्षिक परीक्षाको नतिजा दसैंअघि सार्वजनिक गर्ने भएको छ ।

परीक्षा नियन्त्रक कार्यलयका अनुसार अहिले कापी रुजुको काम भईरहेको र कुनै प्राविधिक समस्या आएन भने दसैंअघि नै नतिजा सार्वजनिक हुने जानकारी बताएका छन ।

कक्षा ११ को परीक्षा गत बैशाख र जेठ महिनमा सञ्चालन गरिएको थियो । बोर्डका अनुसार यसपटक ५ लाख ४८ हजार विद्यार्थीहरुले परीक्षाका लागि आवेदन भरेका थिए भने ४० हजार विद्यार्थी परीक्षामा सहभागी भएका थिएनन् ।