राजनीति

पन्तको परिवारले न्याय पाओस्, प्रहरीलाई रिङरोडमा रथयात्रा गराउँछौं : अध्यक्ष तामाङ



असोज २०, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को जनवर्गिय संगठन अनेरास्ववियु क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले निर्मला पन्तको परिवारले न्याय पाएपश्चात प्रहरी अफिसरलाई रिङ्रोडमा रथयात्रा गराउने बताउनुभएको छ ।

काठमाडौंमा शुक्रबार भएको साक्षात्कारमा अध्यक्ष तामाङले अध्यक्ष तामाङले नेपाल प्रहरीले कञ्चनपुरकी पन्तका हत्यारा पत्ता लगाए प्रहरी संगठनका प्रमुख आइजीपी सर्वेन्द्र खनाललाई ५० किलोको माला लगाइदिने घोषणा गर्नुभयो । उहाँले अपराधी पत्ता लगाउन नसक्नु प्रहरीको गल्ती रहेको भन्दै भन्नुभयो ‘हामीले नैतिक जिम्मेवारीको प्रश्न उठाएका हौ, आइजीपीलाई नैतिक जिम्मेवारी लिुनुस् भन्न खोजेका हौ । आम विद्यार्थी संगठनमात्र नभई सम्पूर्ण नेपाली नै रुष्ट छन् ।’

उहाँले न्यायको माग गर्दा कमजोरी नठान्न समेत आग्रह समेत गर्नुभयो । कमजोरी ठाने त्यसको विरुद्धमा विद्यार्थी संगठन जस्तोसुकै कार्य अघि वढाउन सक्ने समेत संकेत गर्नुभयो ।

अनेरास्ववियुका कार्यबहाक उपाध्यक्ष महेश बर्तोलाले आइजीपीकै उदासिनताका कारण अपराध बढेको बढ्यै गएकाले आइजीपी खनालले तत्कालै बर्खास्त गर्नुपर्ने बताउनुभयो । पन्तको हत्या प्रकरणमा प्रहरी अनुसन्धान चुकेको मात्रै नभइ उक्त काण्डको पेरिफेरिमा प्रहरीकै संलग्नता भएको दावी समेत गर्नुभयो ।