असोज २०, भक्तपुर । भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका र सूर्यविनायक नगरपालिका जोड्ने हुनमन्ते खोला ट्रष्ट पुल उद्घाटनका क्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का यूवा नेता, पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले भक्तपुर जिल्लामा सफाई अभियानसँगै विकासको गति तिव्र रुपमा अघि वढ्ने बताउनुभएको छ ।
हनुमन्ते खोला ट्रष्ट पुल उपभोक्ता समितिको आयोजनामा आज भएको भक्तपुर नगरपालिका वडा नं. १ घलातेमा भएको कार्यक्रममा कार्यक्रममा सांसद महेश बस्नेतले हनुमन्ते नदीको सफाई अभियानसँगै विकासको गतिलाई सँगसँगै जाडेर लाने बताउनुभयो । उहाँले राजनैतिक आग्रह तथा पूर्वाग्रह भन्दा देश विकासलाई पहिलो प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो । उहाँले आफ्नो कार्यकालमा एक दिनमा एक विकास निर्माणको कार्य गर्ने महत्वकांक्षी योजना रहेको समेत जानकारी गराउनुभयो ।
उहाँले भक्तपुरमा हुने सडक दुर्घटना दिनानुदिन बढ्दै गइरहेकाले त्यसलाई न्युनिकरण गर्न नदीको करिडोर तथा नदीमा झोलुङ्ग तथा ठूला पुलहरुको विकास अनिवार्य भएको औंल्याउनुभयो । उहाँले कोटेश्वर–जडिबुुटीको जामलाई अन्त्य गराउन हनुमन्ते नदी करिडोर तथा मनोहरा नदीको करिडोर निर्माण प्रक्रिया अघि बढेको र निकट भविष्यमानै जामबाट मुक्त हुने बताउनुभयो ।
२९ लाख ३५ हजार लागतमा उक्त पुल निर्माण भएको हो । जसमा जिल्ला समन्वय समितिबाट १३ लाख ६६ हजार चार सय ७७ रुपैया, भक्तपुर नगरपालिकाबाट एक लाख ७७ हजार ५६९ र स्थानीय उपभोक्ताद्वारा ५७ हजार दुई सय ३३ रुपैयाको लागतमा उक्त पुल निर्माण भएको हो ।
पुन निर्माण गर्न प्राकृतिक स्रोत व्यवस्थापन तथा दिगो विकास कार्यक्रमद्वारा प्राविधिक तथा सामाजिक सहयोग उपलब्ध गराएको थियो । उक्त पुलबाट मध्यपुर ठिमी नगरपालिका तथा सूर्यविनायकका हजारौं स्थानीय वासीलाई आवतजावतमा हुने समस्याबाट मुक्त भएका छन् । उक्त कार्यक्रममा मानव कल्याण समाज सेवा घरलाई सहयोग समेत हस्तान्तरण गरिएको थियो ।
त्यस्तै उक्त स्थानमा नै आज हनुमन्ते नदीको ३२ औं सरसफाई अभियान सम्पन्न गरीएको छ । अभियानबाट करिव २ टन फोहोर व्यवस्थापन गरिएको अभियानका उत्प्रेरक रुद्र अधिकारीले जानकारी दिनुभयो ।
अभियानमा सूर्यविनायक नगरपालिकाका उपमेयर जुना वस्नेत, मध्यपुर नगरपालिकाका उपमेयर अन्जना मधिकर्मी, जिल्ला समन्वय समितिका सभापति नवराज गेलाल, उपसभापति, नेपाली सेना, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेकपाका अध्यक्ष बचन सिं देउजा, विभिन्न संघसंस्था, जनप्रतिनिधि तथा स्थानीयहरुको उल्लेख्य रुपमा सहभागिता रहेको थियो ।










प्रतिक्रिया दिनुहोस्