राजनीति

सूदुरपश्चिम प्रदेशको राजधानी गोदावरी राखेको भन्दै सभापति देउवाको आपत्ति



असोज २०, काठमाडौं ।  प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सूदुरपश्चिम प्रदेशको राजधानी गोदावरी राखेकोमा  आपत्ति जनाएका छन ।

शनिबार नेपाल विद्यार्थी संघ, डडेलधुरा सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको दसंैको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उउनले  सूदुरपश्चिम प्रदेशको राजधानी गोदावरी राखेकोमा आपत्ति जनाउदै यसको  विरोधमा उत्रन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन  ।

उनले वातावरणीयलगायतका सबै हिसावले उपयुक्त नभएको ठाउँमा सुदुरपश्चिम प्रदेशको राजधानी तोकिएको भन्दै रुख काट्ने र ऐस आराम गर्ने नियतका साथ कैलालीको गोदावरीमा सुदुरपश्चिम प्रदेशको राजधानी तोकिएको सभापति देउवाको आरोप छ ।

उनका अनुसार सुदूरपश्चिम प्रदेशको राजधानी सबै हिसावले धनगढीमा उपयुक्त हुने तर्क गरेका छन । सभापति देउवाले निर्मला पन्तको हत्यारालाई अझै पक्राउ गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना समेत गरेका छन  ।