समाचार

‘नेपालीज इन ओमन’ मोबाइल एप सार्वजनिक



असोज २०, एजेंसी नेपाली दुतावासद्वारा ‘नेपालीज इन ओमन’ नामको मोबाइल एप्लिकेसन प्रयोगमा ल्याएको छ ।

शुक्रबार एक कार्यक्रम गरी राजदूत शर्मिला ढकाल पराजुलीले उक्त मोबाइल एप्लिकेसन सार्वजनिक गरेकी हुन ।

मोबाइल एपमा ओमनको भौगोलिक अवस्था, सरकारी निकायहरुको जानकारी, श्रम कानुन, संस्कृति, ट्राफिक नियम तथा आपतकालिन अवस्थामा सम्पर्क गर्न सकिने रहेको नेपाली दुतावासले जनाएको छ ।