राजनीति

व्यवसायिकरणका नाममा कृषिमा व्यापारीकरण गर्ने प्रवृति हावी : सांसद पहारी



असोज २०, पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व युवा संघ नेपालका अध्यक्ष तथा गण्डकी प्रदेशका सांसद राजिव पहारीले व्यवसायिकरणको नाममा कृषिमा व्यापारिकरण भएको बताउनुभएको छ ।

पुष्पकमल सुवेदी प्रतिष्ठानको छैठौं वार्षिक साधारणसभा तथा नेपालमा कृषिको विकास सम्भावना र चुनौती विषय अन्तरक्रिया कार्यक्रमलाई शनिवार पोखरामा भएको कार्यक्रममा वोल्दै सांसद पहारीले अस्थिरताको अन्त्यका लागि सबै मिलेर समृद्ध देश बनाउनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा उहाँले भन्नुभयो ‘हिजो विपी कोइरालाको बहुमतको सरकार विभिन्न कारणले असफल हुँदा लामो समयसम्म देशले संकट भोग्नुपर्यो, अहिले कम्युनिस्टको दुई तिहाईको सरकार छ, कता कता सत्ताको रातो कार्पेटमा चिप्लिन्छ की भन्ने चिन्ता लाग्छ, आज केपी ओली असफल भए फेरि देशमा संकट आउँछ । फेरि हामी दुःख पाउँछौं, त्यसकारण सबै मिलेर समृद्ध देश बनाउनुपर्छ ।’

सांसद पहारीले साहित्यमा मोतीलाल भट्ट जस्तै सामाजिक राजनीतिक क्रान्तिमा पुष्पकमलको योगदान रहेको उनले देखेका योजना, सपना र भविष्य पुरा गर्न सके मात्रै सच्चा श्रद्धाञ्जलि हुने धारणा राख्नुभयोे ।

सांसद पहारीले नेपाल कृषि प्रदान देश भएकाले कृषिमा आधुनिकिकरण गरी रोजागरीमूलक बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले नेपालको आर्थिक मेरुदण्डको रुपमा कृषिलाई लिनुपर्ने भन्दै कृषि सामग्रीको आयात, कृषियोग्य जमिनको खण्डिकरणमा रोक लगाउन पहल गर्ने प्रतिबद्धता समेत जनाउनुभयो ।