समाचार

हृदयघातका कारण एक कैदीको कारागारमा मृत्यु



असोज २२, रामेछाप । कैद जीवन बिताईरहेका एक कैदीको हृदयघातका कारण आइतवार जिल्ला कारागार कार्यालय रामेछापमा मृत्यु  भएको छ ।

रुपन्देही जिल्ला साविकको वनकटी गाविस वडा नं–९ घर भएका वर्ष ३९ का शुसिल श्रेष्ठको रामेछाप कारागार कार्यालयमा  मृत्यु भएको हो।

मृतक श्रेष्ठ लागु औषध सम्बन्धी मुद्धामा जेल जिवन बिताउँदै आएका थिए  ।  निजको शव पोष्र्टमार्टमको लागि रामेछाप अस्पताल परिसरमा राखिएको छ ।