राष्ट्रपति कार्यालय नयाँ भवन निर्माणका लागि डिजाइन तथा लागत इस्टिमेटको काम अन्तिम चरणमा पुगेको छ । गाेरखापत्रमा यो समाचार छ ।
हाल राष्ट्रिपति कार्यालय रहेको शीतल निवासको जग्गा र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जको जग्गामा नयाँ र अत्याधुनिक राष्ट्रपति कार्यलय तथा राष्ट्रपति निवास निर्माण हुन लागेको हाे ।
राष्ट्रिय पुनर्निर्मण प्राधिकरणका सहसचिव राजुमान मानन्धरले राष्ट्रपति कार्यालयमा हुनुपर्ने सम्पूर्ण पूर्वाधार र संरचनाहरु अहिलेको राष्ट्रपति कार्यालमा कमी देखिएकाले अत्याधुनिक संरचनासहितको नयाँ राष्ट्रपति कार्यलय निर्माण हुन लागेको जानकारी दिए ।
राष्ट्रपति कार्यालयले नयाँ भवन निर्माणका लागि मन्त्रिपरिषदले समेत निर्णय गरिसकेको जनाएको छ। मन्त्रिपरषदको निर्णयअनुसारको राष्ट्रपति कार्यालय निर्माण प्रक्रियामा यथशीघ्र सुरु गर्न राष्ट्रपति कार्यालयबाट निर्देशन समेत आइसकेको जानकारी दिए ।
मन्त्रिपरिषदको निर्णयअनुसार राष्ट्रपति कार्यालयको २०७ रोपनी र राष्ट्रिय प्रहरी प्रतिष्ठानको ११४ रोपनी जग्गामा आवश्यक पर्ने सम्पूर्ण पूवाधार र संरचनासहितको कार्यालय निर्माण गरिने भएकाे छ ।










प्रतिक्रिया दिनुहोस्