समाचार

दशैंमा घर जाँदा बढी भाडा लिइएमा तुरुन्त खबर गर्न सरकारको आग्रह



असोज २३, काठमाडौं । सरकारले  दशैंमा घर जाँदा बढी भाडा लिइएमा तुरुन्त खबर आग्रह गरेको छ ।

सरकारले ठगी गर्नेविरुद्ध तुरुन्त नजिकैको प्रहरी वा ट्राफिक प्रहरी र यात्रु सहायता कक्षमा उजुरी गर्न यात्रुलाई आग्रह गरेको हो ।

सरकारले सार्वजनिक गाडीमा १० प्रतिशत भाडा बढाए पछि त्यसको फाइदा उठाउँदै केही गाडीले आफूखुशी भाडा लिइरहेका यात्रुको गुनासो छ ।  यात्रु धेरै ठगीएको भेटिएपछि विभागले कलंकीमा रहेका सबै काउण्टर हटाउने तयारी गरेको छ । ट्राफिक प्रहरीसँगको सहकार्यमा विभागले कलंकीका काउण्टर हटाउने तयारी गरेको हो ।

कलंकी हुँदै छुट्ने गाडीलाई अब नयाँ बसपार्कबाट मात्रै छुट्न दिइने यातायात व्यवस्था विभागले जनाएको छ । यस्तै कोटेश्वरमा रहेको काउण्टरबाट पनि यात्रु ठगिएको गुनासो आएकाले अनुगमन थालिएको विभागले जनाएको छ ।