असोज २३, काठमाडौं । आइसीसी टी–२० विश्वकप अन्तर्गत आज भएको खेलमा नेपालले भुटानलाई एक सय १७ रनले पराजित गर्याे ।
नेपालको स्कोर एक सय पाँच रन हुँदा तेस्रो विकेट झर्यो । आरिफ शेख १३ रनमा आउट हुन पुगे । दिपेन्द्र ऐरी र प्रदिप ऐरीले अविजीत ७५ रन बनाए भने करण केसीले ११ रनको योगदान गरे ।
जवाफमा नेपाली दुई स्पिनरको अगाडि कमजोर देखिएको भुटान १६ ओभर चार बलमा ३३ रनमा अलआउट भयो । नेपालले भुटानको स्कोरबोर्डमा एक रन पनि नहुदा दुई विकेट लियो । भुटानको स्कोर नौ रन हुँदा ६ विकेट झर्यो ।
ललितले चार ओभरमा चार रन खर्चिदै तीन विकेट लिए भने सन्दिपले चार ओभरमा ६ रन खर्चिए । दवैले दुई–दुई ओभर मेडेन राखेका थिए । नेपालका लागि बसन्त रेग्मीले दुई तथा दिपेन्द्र ऐरी र शरद भेषवाकरले एक–एक विकेट लिए ।










प्रतिक्रिया दिनुहोस्