असोज २३, काठमाडौं । संघीय संसद अन्तर्गतको अर्थ समितिले मूल्य वृद्धि नियन्त्रणका चाडपर्व अगावै उपभोग्य वस्तुको आधारभुत मूल्य तोक्न निर्देशन दिएको छ ।
आज सिंहदरबारस्थित समितिको कार्यालयमा बसेको बैठकले चाडपर्व अगावै उपभोग्य वस्तुको आधारभुत मूल्य तोक्न साथै सुपथ मूल्यका पसलको व्यवस्था गरी वस्तु तथा सेवा दिन मन्त्रालयलाई निर्देशन दिएको हो ।
बैठकमा समिति सदस्यहरुले महंगी नियन्त्रणतर्फ सरकारको ध्यानाकर्षण गराएका थिए । यस्तै समितिका सदस्यहरुले राष्ट्रिय गौरवका आयोजनाहरुको अनुगमन गरी समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् ।










प्रतिक्रिया दिनुहोस्