अर्थ

दिनार, दिर्हाम, रिंगिट लगायतका विदेशी मुद्राको आजको मूल्य



असोज २४, काठमाडौं ।  दिनार, दिर्हाम, रिंगिट लगायतका विदेशी मुद्राको आजको मूल्य पनी उकालो लागेको छ ।

नेपाल राष्ट्र बैंकले आज मंगलबार तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ६६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ८२ पैसा रहेको छ ।

त्यस्तै, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ५६ पैसा र बिक्रिदर २८ रुपैयाँ ७० पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर १० रुपैयाँ ४४ र बिक्रिदर १० रुपैयाँ ४९ पैसा रहेको छ ।

कुवेती दिनार एकको खरिददर ३ सय ९० रुपैयाँ ७६ पैसा छ भने बिक्रिदर ३ सय ९२ रुपैयाँ ७३ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६० र बिक्रिदर ३२ रुपैयाँ ७७ पैसा छ । बहराइन दिनार एकको खरिददर ३ सय १४ रुपैयाँ ९० पैसा र बिक्रिदर ३ सय १६ रुपैयाँ ४९ पैसा रहेको छ ।

युएई दिर्हाम एकको खरिददर ३२ रुपैयाँ ३२ पैसा र बिक्रिदर ३२ रुपैयाँ ४९ पैसा तोकेको छ ।