समाचार

बाराको जगदम्बा स्टिल उद्योगमा विस्फोट हुदा ५ मजदुर घाइते



असोज २४, वीरगञ्ज । बाराको जगदम्बा स्टिल उद्योगमा विस्फोट हुँदा ५ जना  घाइते भएका छन् ।

 समान भट्टीमा हालेर पगाल्दा पड्केको फलामको टुक्राले लागेर  घाइते भएको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।

घाइते हुनेमा सितामणी बिहारका २२ वर्षीय कमलेश राय, २३ वर्षीय नरेश सहनी, २३ वर्षकै सन्दीप कुमार, २० वर्षीय पञ्कजकुमार र मोतीहारी घर भएका ३५ वर्षीय विनायक सिंह घाइते छन् । उनीहरुको  वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।