विश्व

भारतको उत्तरप्रदेशमा रेल दुर्घटना, ६को मृत्यु, ३० जना घाइते



असोज २४, एजेंसी ।  भारतको उत्तर प्रदेश राज्यमा आज बुधबार  रेल दुर्घटना हुँदा  ६ जनाको मृत्यु भएको छ ।

उत्तर प्रदेशका रेल सेवाका अधिकारीहरुको अनुसार रैबेरली जिल्लामा अवस्थित हार्चापुर रेल स्टेसनको नजिकै भएको बताइएको छ ।

रेलका आठओटा डिब्बा रेलमार्गबाट बाहिर निस्किएपछि दुर्घटना  परी ६ जनाको मृत्यु भएको छ भने अरु ३० घाइते भएका छन् । रेल सेवाका अधिकारीहरुले रेल दुर्घटनाको कारण खोजी भइरहेको जानकारी दिएका छन् ।