विश्व

इराकमा सर्वसाधारण मन्त्री हुन पाउने



असोज २५, एजेंसी । इराककी प्रधानमन्त्री अदेल अब्दुल महदीले नागरिकलाई मन्त्रीमण्डलमा समावेश गर्नका लागि  वेबसाइट लञ्च गरेका छन  ।

उनको वेबसाइटमार्फत इराकका आम मानिसलाई अनुभव, सीप तथा कौशल भएका  नागरिकले  सरकारमा मन्त्री हुनका लागि आवेदन गर्न सक्ने बताएका छन् ।

iraqcabinet2018.com नामक वेबसाइटमा ११ अक्टोबरसम्म मन्त्रीका लागि आवेदन दिन सकिनेछ । आगामी ३० दिनभित्रमा प्रधानमन्त्रीले नयाँ सरकार गठन गरिसक्ने छन् ।