असोज २६, मनाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले कृषिमा आधुनिकीकरण र व्यावसायिकरण गरिनुपर्ने बताएका छन ।
मनाङ ङिस्याङ गाउँपालिका–१ भ्राताङमा स्याउ फार्मको उद्घाटन गर्दै प्रधानमन्त्री ओलिले कृषिमा आधुनिकीकरण र व्यावसायिकरण गर्नुपर्ने बताऊर्दै स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने खालको उदाहरणीय काम एग्रो मनाङले गरेको बताएका छन ।
प्रधानमन्त्री ओलीले सरकारले यो वर्ष स्याउ कृषकका लागि १० करोड अनुदान दिएको र एक लाख स्याउ बिरुवा वितरण गर्ने योजना रहेको बताएका छन ।
मनाङका प्रतिनिधिसभा सदस्य पोल्देन छोपाङ गुरुङले स्थापना गरेका स्याउ बगैँचामा ६८ हजार स्याउका बिरुवा छन् । आगामी वर्ष १० हजार बिरुवा थप्ने उनले बताए ।










प्रतिक्रिया दिनुहोस्