समाचार

बसको ठक्करद्वारा एक पैदलयात्रुको मृत्यु



असोज २६, काठमाडौँ । बसको ठक्करबाट काठमाडौको गौशालामा एकजना पैदलयात्रुको मृत्यु भएको छ ।

विहिबार बा ३ ख ५२२५ बसले ठक्कर दिँदा, सडकपेटीमा हिँडिरहेकी अन्दाजी ४५ वर्षकी महिलाको ज्यान गएको प्रहरीले जनाएको छ । त्यस्तै उनका हालसम्म परिचय भने खुल्न नसकेको प्रहरीले जनाएको छ ।

बसको ठक्करबाट घाइते भएकी महिलाको उपचारका क्रममा मेडिकल कलेज सिनामंगलमा विहीबार राति ज्यान गएको छ । बस चालकलाई प्रहरी वृत्त गौशालामा राखिएको छ ।