समाचार

नुवाकोटमा बस दुर्घटना, १ को मृत्यु, ३० भन्दा बढी घाइते



असोज २६, नुवाकाट । नुवाकोटको फेदीखोलामा यात्रुबाहक बस दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ३० भन्दा बढी घाइते भएका छन् ।

फेदीखोला जिल्ला सदरमुकाम विदुरबाट झण्डै १२ किलोमिटरको दूरीमा रहेको नुवाकोटको मसेरीबाट सदरमुकाम विदुरतर्फ गइरहेको बा१ ख ६३५६ नम्बरको यात्रुबाहक बस शुक्रबार बिहान १० बजे दुर्घटना भएको हो ।

उद्धार कार्य जारी रहेकाले प्रहरीले जनाएको छ । बसमा सवार अधिकांश यात्रु दशैं किनमेलका लागि सदरमुकाम आएको बताइए पनि बसमा कति यात्रु थिए भन्ने खुलेको छैन । घाइतेलाई उद्धार गरी अस्पताल लाने कार्य भइरहेको जनाइएको छ । विस्तृत विवरण आउन वाँकी रहेको छ ।