असोज २६, काठमाडौँ । सुनको भाउले शुक्रबार नयाँ रेकर्ड बनाउँदै सुन तथा चाँदीको मूल्य बढेको छ ।
शुक्रबार सुन तोलाको ६० हजार रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार तोलाको ५९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार तोलामा ७ सय रुपैयाँ बढेको हो ।
यसअघि २०६९ साल भदौ महिनामा सुनको भाउ तोलाको ६३ हजार ३ सय पुगेको थियो । अन्तराष्ट्रिय बजारमा नै सुनको भाउ बढेको तथा डलर महंगो भएको र भारतीय मुद्रा कमजोर भएका कारण सुनको भाउ बढ्दै गएको महासंघले जनाएको छ ।
चाँदीको भाउ पनि आज तोलामा ५ रुपैयाँ बढेको छ । चाँदी आज तोलाको ७ सय ४५ रुपैयाँमा कारोबार भैरहेको छ ।
प्रतिक्रिया दिनुहोस्