समाचार

राजाहरुले लगाउने श्रीपेच हेर्न सर्वसाधारणका लागि खुला हुने



असोज २८, काठमाडौं ।  शाहवंशी राजाहरुले लगाउने श्रीपेच असोज २९ बाट साधारणलाई हेर्नका लागि खुला गरिने भएको छ ।

सोमबारबाट सर्वसाधारणका लागि खुला गर्न लागिएको श्रीपेच, राजदण्ड, तत्कालीन रानीको मुकुट, तरबार, झारी, चमरलगायत सामग्री नारायणहिटी दरबार सङ्ग्रहालयका सुर्खेत र रुपन्देही कक्षमा सर्व साधारणका लागि खुला गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार श्रीपेच राखिने कक्षको उद्घाटन गरेपछि सर्व साधारणका लागि श्रीपेचलाई प्रदर्शनीमा राखिने भएको छ ।