असोज २८, काठमाडौं । नेपाल राष्ट्रबैंकको निदेर्शनमा शनिबार पनि बैंक तथा वित्तिय संस्था खुल्ला भएको छ ।
अर्थ मन्त्रालयको राजश्व व्यवस्थापन महाशाखाको पत्रका आधारमा राष्ट्र बैंकले राजश्व बुझ्ने सबै बैंकका शाखा तथा काउण्टर पूरै समय खुला गरेर नियमित रुपमा राजश्व बुझ्ने काम गर्न निर्देशन दिएको हो ।
पहिलो त्रैमासिकको अन्तिम महिनाको मसान्तमा दसैँको बिदा परेकाले शनिबार समेत बैंक खुला गर्न निर्देशन दिइएको हो ।
प्रतिक्रिया दिनुहोस्