समाचार

पुजा साकोसको दशौं साधारण सभा सम्पन्न



असोज २८, भक्तपुर । वि. सं २०६५ साल असोजमा २७ जना शेयर सदस्यले शुरु गरेको पुजा सहकारी तथा ऋण सहकारी संस्थाले शनिबार एक समारोहका बिच आफ्नो हजारभन्दा बढी शेयर सदस्यहरु माझ दशौं साधारण सभा सम्पन्न गरेको छ ।

कार्यक्रमको उद्घाटनका क्रममा प्रमुख अतिथि प्रदेश नं. ३ का सांसद डा. राजेन्द्रमान श्रेष्ठले देशको प्रमुख मेरुदण्डको रुपमा रहेको सहकारी अभियानले देशको समग्र विकासमा टेवा पुर्याइरहेको बताउनुभयो । यस्तो महत्वपूर्ण विषयवस्तुको रुपमा रहेको सहकारीले कुनै पनि बदमासी नगरी निर्दिष्ट ऐन तथा नियम अनुसार चल्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा विशेष अतिथिका सर्वोच्च बार एशोसिएसनका उपाध्यक्ष तथा अधिवक्ता राजु खड्काले नेपालको संविधानले नै आर्थिक विकासको तीन खम्वामध्ये एक महत्वपूर्ण खम्वाको रुपमा स्वीकार गरेको सहकारी संस्थाहरुले आफुलाई पारदर्शि बनाई जनमुखी सहकारीको रुपमा सञ्चालित हुनुपर्ने बताउनुभयो । सहकारीलाई नाफामुखी नभई सेवामुखि बनाउनुपर्नेमा जोड दिंदै नाफामुखी सोचका साथ सञ्चालनमा रहेका सहकारी धेरै समय टिक्न नसक्ने दावि गर्नुभयो ।

जिल्ला सहकारीका अध्यक्ष महेश श्रेष्ठले सहकारीहरुको विचमा अस्वस्थ प्रतिपर्धा हुनु नहुने बताउनुभयो ।

उक्त कार्यक्रममा प्रमुख अतिथिबाट पुजा सहकारीको स्मारिका ‘पुजा’को विमोचन समेत गरिएको थियो ।