दशैँको मुखमा यातायात साधनको आवतजावत र तेलको माग बढ्ने जान्दा जान्दै पनि आयल निगमले पूर्वतयारी नगर्दा पेट्रोल पम्पमा ह्वात्त लाइन बढेको छ । आजको नयाँ पत्रिकामा खबर छ ।
तेलको माग बढेकै बेला शुक्रबार नियमित मात्र तेल वितरण गरेको निगमले शनिबार शनिबार ढिपो बन्द गरेको थियो ।
त्यसैले आइतबार बिहानै देखि पेट्रोल पम्पमा लाइन असामान्य बनेको थियो । शुक्रबार आधा दिनमात्र काम गर्ने डिपोका कर्मचराीले हतार हतार पाँच लाख लिटर तेल बाँडेर घर गएका थिए । आयल निगमले दशैँ बिदाको ५ दिन तेल वितरण नगर्ने जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्