समाचार

सफा हात, मेरो स्वास्थ्यको आधार : आज विश्व हात धुने दिवस मनाईंदै



असोज २९, काठमाडाैं ।  सफा हात, मेरो स्वास्थ्यको आधार भन्ने नारासहित आज विश्व हात धुने दिवस मनाईंदैछ ।

खानेपानी मन्त्रालयका अनुसार खाना बनाउनु, बाँड्नु, खानु र खुवाउनु पहिले नियमित रुपमा साबुनपानीले हात धोएमा झाडापखालाबाट हुने बालबालिकाको मृत्यु , निमोनियाबाट हुने मृत्युलाई एक तिहाइले र सुत्केरीको समयमा हुने मृत्युलाई एक चौथाइले घटाउन सकिने जनाएको छ ।

हरेक अक्टोबर १५ तारिखमा हात धुने दिवस मनाइने गरिन्छ । यस  पटक खाना खानु र खुवाउनु अघि तथा खानेकुरा पकाउनु र बाड्नु अघि सफा पानी र साबुनले हात धुन जोड दिइएको छ ।