असोज ३१, डोटी । वडा अध्यक्षले मनोमानी गरेको भन्दै डोटीको शिखर नगरपालिका वडा नं–५ तिजालीमा स्थानीयले वडा कार्यालय तालाबन्दी गरेका छन् ।
वडा अध्यक्षले उपभोक्ता समिति गठन गरी काम गर्नुपर्ने नियम लत्याउँदै डोजर लगाएर काम गराउनु गैर कानुनी भएकोले संघर्ष गर्नुपरेको स्थानियबासीहरुले बताएका छन् । कसैसँग पनि छलफल नगरी अध्यक्षले ५ लाख ५० हजार बराबरको रकम एकलौटी रुपमा जोडर ल्याएर काम सुरु गरेकाले तालाबन्दी गरेको संर्घष समितिका संयोजक रामबहादुर बोहराले बताउनु भयो ।
वडा अध्यक्ष पदम बोहराले भन्नुभयो ‘बर्षाले बाटो बिग्रिएका थिए, दसैंको बेला हतार भएका कारण सल्लाह गर्न नपाएकाले काम सुरु गरेका हौँ ।’










प्रतिक्रिया दिनुहोस्