असोज ३१, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्व उद्योगमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले नेपालीहरुको महान् चाड विजया दशमी, दिपावली, छठ, नेपाल सम्वत् लगायतका विशेष चाडको शुभकामना व्यक्त गर्दै शान्ति, सुस्वास्थ्य एवं समृद्धिको कामना व्यक्त गर्नुभएको छ ।
नेपालमा मनाउने कुनै पनि चाड कुनै जाती वा समुदायले मात्र मनाउने नभई सवै आम नेपालीको चाड भएको भन्दै उहाँले नेपालीहरुको चाडपर्वले एकता, भातृत्वका साथमा समृद्ध नेपाली सुखी नेपालीको कामना व्यक्त गर्नुभएको हो । वर्तमान समय देश विकासका साथ स्वदेशमा नै योग्यता, क्षमता तथा दक्षता अनुसारको रोजगारीको ज्ञारेन्टी हुनुपर्ने भन्दै सम्पूर्ण राजनैतिक दल, विभिन्न संघसंस्था, स्थानिय जनप्रतिनिधि तथा जनताको एकता अपरिहार्य भएको सांसद बस्नेतले बताउनुभएको छ ।
सांसद बस्नेतले राष्ट्र र राष्ट्रियताको विकाससँगै संघियता लोकतान्त्रीक गणतन्त्रको संस्थागत गर्दै देशमा आर्थिक, सामाजिक, पर्यटकिय तथा सांस्कृतिक विकास गर्नुको कुनै विकल्प नभएको बताउनुभयो । उहाँले विकासको गतिलाई तिव्र गतिमा अघि बढाउनुपर्ने भन्दै विकासमा प्रतिपर्धा गर्नु नहुने समेत बताउनुभयो । उहाँले शुभकामना दिदैं नेपाल रहे मात्र हामी नेपाली रहन सक्ने भन्दै राष्ट्र र राष्ट्रियताको विरुद्धमा रहेका जो कोहीलाई पनि सरकारले नछोड्ने समेत बताउनुभयो ।
उहाँले देशमा बढ्दै गईरहेको अपराधिक कृयाकलापहरुलाई निस्तेज बनाउनुपर्ने भन्दै महिला हिंसा, बलत्कार, हत्या जस्ता अपराध न्युनिकरण गर्न सरकारले कानुन अनुसार कडाइका साथ लाग्ने समेत जानकारी गराउनुभयो ।










प्रतिक्रिया दिनुहोस्